27 Apr 2024, Saturday

News and Press Release

स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमअन्तर्गत पहिलो व्याचको ग्राजुऐशन र दोश्रोव्याच शुभारम्भ

27 Jul 2022

१. नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परिक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तिय पहुचका लागि लगानीकर्ता तथा वैंक एवं वित्तिय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ शुरुवात गरिएको कार्यक्रम अन्तरगत स्र्टाटअपहरुलाई व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो व्याचमा सहभागि १९ स्र्टाटअपहरु मध्ये ७ जनाले आजको ग्राजुएशन सेरेमोनिमा भाग लिएका छन ।

२. पहिलो बर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि दोश्रो व्याचका लागी आजैबाट प्रस्ताव आब्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघ संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने छ ।  


३. बाह् महिना अवधी रहने दोश्रो चरणको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा (२ बर्ष अघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ ।
४. २०७९ भाद्र १० गतेसम्म आवेदन गर्न सक्ने गरि अनलाईन आवेदन आजैका मितिबाट प्रारम्भ गरिएको छ । कार्यक्रम सम्बन्धी बिष्तृत जानकारी सहित अनलाइन आवेदन फारम संगठनको वेवासाइट धधध।अष्m।यचन।लउ बाट सहज उपलब्ध हुने गरि व्यवस्था मिलाइएको छ । साथै, सम्भावित आवेदनकर्ताहरुका लागी आवेदनमा सहजीकरण गर्न पूर्व आवेदन छलफल कार्यक्रमहरुको समेत आयोजना गरिने छ । संगठनको वेवसाईट तथा फेसबुक पेज मार्फत कार्यक्रम सम्बन्धी सूचनाहरु नियमितरुपमा प्रचार प्रसार गरिने छ । 


५. स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं नीजि क्षेत्र बिच समन्वय गरि प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ शुरुवात गरिएको नमुना कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनमा प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान गर्नुहुने सबै सरोकारवाला पक्षहरु, साझेदार संस्थाहरु, मेन्टर तथा परामर्शदाताहरु र मिडिया क्षेत्र सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौ । अन्त्यमा, कार्यक्रमको बारेमा सूचना प्रचार प्रसार गरि नयाँ नयाँ प्रतिभाहरुलाई कार्यक्रमसंग जोडिन मद्दत गरिदिने अपेक्षा गर्दै कार्यक्रममा सहभागिताका लागी हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।