27 Apr 2024, Saturday

News and Press Release

वर्तमान आर्थिक संकट र आगामी मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

16 Aug 2022

अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावका साथै आन्तरिक र वाह्रय उतार चढावले प्रभावित वन्दै गएको मुलुकको आर्थिक अवस्थाको सुदृढिकरणका लागि सरकारले नीतिगत रुपमा गर्नुपर्ने सम्वोधनका उद्योग संगठन मोरङले २०७९ श्रावण १३ गते वर्तमान आर्थिक संकट र आगामी मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । 

पुर्व रक्षा मन्त्री डा. मिनेन्द्र रिजाल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा प्रमुख वत्ताका रुपमा रहनु भएको कार्यक्रममा कारोवार दैनिकका प्रधान सम्पादक कुवेर चालिसेले सहजीकरण गरी आर्थिक संकटको अवस्था, आर्थिक वर्ष २०७९÷८० को वजेट र मौद्रिक नीति लगायतका विषयमा आधारित प्रश्नहरु राख्नु भएको थियो ।